आँधिखोला लघुवित्तको नाफामा सुधार, कहिले खुल्छ शेयर कारोबार ?

0
Shares

आँधिखोला लघुवित्त वित्तिय संस्थाले गत आर्थिक बर्ष चार करोड दश लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११५.९४% बढी हो ।

खुद नाफा बढे सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि १९ रुपैयाँ १ पैसाबाट बढेर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ । खुद ब्याज आम्दानी, संचालन नाफामा भएको सुधारसँगै कर्जा नोक्सानी वापतको करिब २१ लाख रुपैयाँ फिर्ता आएपछि नाफा बढेको हो ।

लघुवित्तको खुद व्याज आम्दानीमा ३८.६९% तथा संचालन नाफामा १०२.८५% ले बढेको छ । लघुवित्तको चुक्ता पूँजी १० करोड रहेको छ। जसको जगेडामा ८ करोड छ ।

लघुवित्तले ३६ करोड ८७ लाख निक्षेप र विभिन्न बैंक वित्तिय संस्थाहरु बाट ५७ करोड २५ लाख कर्जा सापट गरी ९४ करोड १३ लाख पूँजी संकलन गरी एक अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।

हाल आँधिखोला लघुवित्त राष्ट्रिय स्तरमा करोबार गर्ने धौलागीरी लघुवित्त वित्तिय संस्थासँग मर्जर प्रकृयामा रहेको छ भने सोही प्रयोजनको लागि आँधिखोला लघुवित्तको शेयर कारोबार २०७६ पौष ३ गते देखि रोक्का रहेको छ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।