नेपाल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

बैंकले यसअघि वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको एक हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

सोही ऋणपत्र मंगलबार नेप्सेमा सूचीकृत भएको हो । ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को अवधि १० वर्ष रहेको छ । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५० प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।