सिटिजन लाइफ इन्स्योरेन्सद्धारा ६६ जना कर्मचारी माग

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६६ जना कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो ।

कम्पनीले शाखा तथा उप–शाखाका लागि प्रदेश १ का लागि ५ जना, प्रदेश २ का लागि ६ जना, बाग्मती प्रदेशका लागि १५ जना, गण्डकी प्रदेशका लागि ७ जना, प्रदेश ५ का लागि ११ जना, कर्णाली प्रदेशका लागि २ जना र सुदूर पश्चिम प्रदेशका लागि २ जना गरी ४८ जना कर्मचारी माग गरेको जनाएको छ ।

यस्तै, कम्पनीले सेल्स एक्जुकटिभका लागि प्रदेश १ का लागि २ जना, प्रदेश २ का लागि २ जना, बाग्मति प्रदेशका लागि ८ जना, गण्डकी प्रदेशका लागि २ जना, प्रदेश ५ का लागि २ जना, कर्णाली प्रदेशका लागि १ जना र सुदुरपश्चिम प्रदेशका लागि १ जना गरी १८ जना कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ ९ गते भित्र इमेल मार्फत आवेदन पेश गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।