लक्ष्मी बैंकको प्रतिशेयर आम्दानी ३ पैसा बढ्यो, वितरण योग्य नाफा अर्ब बढी

0
Shares

लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड १३ लाख खुद नाफा गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षभन्दा ९.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब १२ करोड ७२ लाख थियो ।

ब्याज आम्दानी घटेपनि कुल संचालन नाफा बढेपछि बैंकको खुद नाफा बढेको हो। आर्थिक वर्षमा बैंककोे सञ्चालन नाफा २ अर्ब १७ करोड छ ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ३६ लाखमा छ । जुन अघिल्लो आवको भन्दा करीब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब १२ करोड थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

९ प्रतिशत बोनस शेयर बाँडेर पूँजी वृद्धि गरेको बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ५६ लाख छ । जसको जगेडा कोष रकम ४७.२९ प्रतिशत बढेर ६ अर्ब १३ करोड ९ लाख ८ हजार कायम भएको छ ।

अघिल्लो वर्षभन्दा बैंकको निक्षेप १६.५० प्रतिशत र कर्जा १९.८६ प्रतिशत बढेको छ। खराब कर्जा भने १.४ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ ।

यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.३२ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।