ठूला लगानीकर्तालाई शेयर कर्जामा कडाई, मार्जिन कर्जाको सीमा यथावत

0
Shares

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि सीमा तोकेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड तथा समग्रमा १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्ता व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्णयले शेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।

ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने जनाएको छ ,।

बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान कर्जा धितो मूल्य अनुपात यथावत कायम गरिएको छ । राष्ट्र बैंकले शेयरधितो कर्जामा ७० प्रतिशतको धितोको सीमालाई यथावत राखेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।