बैंक तथा वित्तीय संस्थाले एक शाखा र एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने

0
Shares

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले एक एटिएम अपाङ्गमैत्री बनाउनु पर्ने भएको छ । स्थानीय तहमा निश्चित संख्या भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले एक एटिएम अपाङ्गमैत्री बनाउनु पर्ने भएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा सहज पहुँच सुनिश्चित गर्नका लागि स्थानीय तहमा निश्चित संख्या भन्दा बढी शाखा रहेका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा एक शाखा र एटिएम लाउञ्ज भएका स्थानमा एक एटिएम अपाङ्गमैत्री बनाउनुपर्ने व्यवस्था गरेको हो ।

इजाजतपत्र/अनुमति प्राप्त संस्थाहरुको वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यले वित्तीय ग्राहक संरक्षण सम्बन्धी कानूनको मस्यौदा तर्जुमा गर्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका काम कारवाही सम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टलको लिङ्क आफ्नो वेबसाइटमा राख्नु पर्ने व्यवस्था गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाह?बाट कार्यान्वयनमा ल्याइएका कर्जा प्रवाह तथा ग्राहक पहिचानसँग सम्बन्धित कागजातहरुमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ ।

वित्तीय सेवाको पहुँच न्यून रहेका कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रादेशिक वित्तीय संस्थाको उपस्थितिको सम्बन्धमा आवश्यक अध्ययन गरिने बताईएको छ ।

साथै, सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिबेदन (एनआरए, २०२०) ले औंल्याएका उच्च जोखिमका क्षेत्रहरुमा निहित जोखिमको पहिचान, मापन, मूल्याङ्कन र व्यवस्थापन गर्न सूचक संस्थाको विशेष अनुगमन तथा सुपरिवेक्षण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।