एनआईसी एशिया बैंकले व्यवसाय बढाए अनुसार कमाएन नाफा

0
Shares

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा व्यवसाय विस्तार गरे अनुसार खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।

गत असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.९२ प्रतिशत बढी हो। अघिल्लो वर्ष १९ प्रतिशतले बोनस बाँडेर चुक्तापूँजी बढाएको बैंकले पूँजी बढाएको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट आएको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। तर फि तथा कमीशन आम्दानीमा भने उच्च गिरावट आएको छ । बैंकको यस्तो आम्दानी ३५ प्रतिशतले घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसाले घटेर २८ रुपैयाँ ११ पैसा कायम भएको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ३३.३८ प्रतिशत बढी हो। ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको लाभांश क्षमता १६ प्रतिशत छ ।

गत असारसम्म बैंकले २ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४८ अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ४२ प्रतिशत कर्जा ५५ प्रतिशतले बढेको हो। बैंकको कर्जा निक्षेप अनुपात ८१.१२ प्रतिशत छ ।

बैंकको पूँजी कोष अनुपात १२.४१ प्रतिशत, कर्जा तथा निक्षेप र पूँजी अनुपात ८१.१२ प्रतिशत, आधार दर ६.८४ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत, व्याजदर अन्तर ३.७३ प्रतिशत, कोषको लागत दर ५.३ प्रतिशत तथा प्रतिशेयर आम्दानी २८ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।