शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्बमाथि, नाफा साढे ५%ले वृद्धि

0
Shares

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.४६ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चौथो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । यस अवधिमा कम्पनीले ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेर एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा तथा कोष २०.३५ प्रतिशतले घटेर ५७ करोड २० लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको बीमा कोषको आकार २२.५० प्रतिशतले बढेर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा सिमित भएको हो । गत आवको सोही अवधिमा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४२ रुपैयाँ ४५ पैसा थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ । १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

हालसम्म २ लाख ७१ हजार ११६ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।