यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

0
Shares

यूनाइटेड इन्स्योरेन्स (UIC) को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको साधारण सभा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

सभाले आर्थिक वर्ष ०७७/०७८ का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

कम्पनीका संचालक समितिका अध्यक्षले कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको जानकारी गराए । मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको उनले जानकारी दिए ।

कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीहरुले कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।