मन्दाकिनी हाइड्रोपावरले साढे १७ करोडको आईपीओ बेच्ने, बिओके क्यापिटल बिक्री प्रबन्धक चयन

0
Shares


मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सर्वसाधारणको निष्काशन हुने उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड चयन भएको हो ।

मन्दाकिनी हाइड्रोपावर तथा बि.ओ.के. क्यापिटल मार्केट बीच मंगलबार द्विपक्षीय सम्झौता भयो । उक्त सम्झौतामा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र बि.ओ.के. क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको ३० प्रतिशतले हुने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बरोको १७ लाख ६४ हजार १११ कित्ता शेयर जारी गर्ने भएको हो ।

मन्दाकिनी हाइड्रोपाव।र लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।