अरुण काबेली पावरले प्रस्ताव गर्यो बोनस र शतप्रतिशत हकप्रद


अरुण काबेली पावरले गत आर्थिक वर्षको कमाईबाट १७ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनसको कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनस बितरण पश्चात कायम हुने भुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित कम्पनीले साधारण बोलाएको हो ।

कम्पनीले भदौ २६ गते शनिबार एघारौं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि भदौ १५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ । उक्त बुक क्लोजले भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित बोनस शेयर पाउने छन् । हकप्रद शेयरका लागि भदौ १५ गतेको बुक क्लोज प्रभावकारी हुँदैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।