साहस उर्जाको पहिलो चरणको आईपीओको बिक्री बन्द हुँदै, दोस्रो चरणको कहिले खुल्छ ?

0
Shares

साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ करोड रुपैयाँ मूल्य बराबरको ३५ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ । आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाका लागि जारी शेयर बाँडफाँडपछि लगत्तै दोस्रो चरणमा ७० करोड मुल्यको ७० लाख कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।