सशस्त्र प्रहरीमा १ हजार ९५ जनालाई विभिन्न पदमा रोजगारीको अवसर

0
Shares


सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ ।

शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार ९५ जनालाई नयाँ भर्ना खुलाइएको हो । विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवान पदमा ७५५ र परिचरमा १२८ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८ जना‚ केश कर्तकमा १४ जना‚ कुचिकारमा १३ जना‚ सूचीकारमा ७ जना‚ चर्मकर्मीमा ४ जना तथा मालीमा २ जनाको लागि दरखास्त आह्वान गरिएको हो।

उक्त पदहरूमा जागिर खान इच्छुक नेपाली नागरिकहरुले प्रधान कार्यालय हल्चोक स्वयम्भु तथा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । दरखास्त भदौ ११ गतदेखि असोज १० गतेसम्म भर्न सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।