टोखामा मेरो किसान मार्टको आउटलेट सञ्चालनमा


‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराका साथ काठमाण्डौंको टोखामा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा एक कार्यक्रमका बीच मार्टको उद्घाटन भएको हो ।

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । झण्डै ३० लाख रुपैंयाको लगानीमा सञ्चालमा आएको मार्टले एक सातासम्म १५ देखि ५० प्रतिशत छुट दिनेछ ।

मार्ट सञ्चालक विजय महतोका अनुसार तरकारी उत्पादक किसान र ग्राहकका बिचमा विचौलियाको कमिसन न्यूनीकरणमा मार्टले पहल गर्नेछ । यसका लागि सिधै किसिानबाट तरकारी खरिद गर्ने, किसानले सिधै मार्टलाई बिक्री गर्न पनि सक्ने उनले बताए । किसानबाट सिधै तरकारी आउने भएकाले बजारको तुलनामा सस्तो मूलयमा तरकारी उपलब्ध गराउने उनले बताए ।

मेरो किसान मार्टले यस अघि नयाँ बानेश्वर, शंखमुल र सानेपामा आउटलेट सञ्चालनमा ल्याइसकेको छ भने बुढानिलकण्ठा र रानीवनमा खोल्ने तयारी गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।