कृषि विकास बैंकद्धारा दक्षिणकाली नगरपालिकाको स्थानीय किसानलाई किसान क्रेडिट कार्ड कार्यक्रम

0
Shares

कृषि विकास बैंकले काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने स्थानीय किसानलाई प्रारम्भीक रुपमा ८३ वटा कार्ड किसान उपलब्ध गराएका छन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी अनिल कुमार उपाध्यायले भदौ १७ गते आवश्यक प्रकृया पूरा गरेर कृषि सम्बन्धी बेचविखन देखि विउ/मलखाद/मौसम समेत जानकारी हुने व्यवस्था समेतको किसान के्रडिट कार्ड उपलव्ध गराएका हुन् ।

स्थानीयहरुको बाक्लो उपस्थीति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाईदाका बारेमा प्रकाश पारेका थिए । उनले बैंकले उपलव्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने समेत बताए ।

बैंकका सीईओ उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत लामो इतिहास बोकेको नेपालको पुरानो विधुत गृह चन्द्रज्योति पावर हाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गरे ।

उक्त कार्यक्रमका सभापति तथा दक्षिणकाली नगरपालिका वडा नं. ३ को वडाध्यक्ष शिवभक्त बलामीले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उपलव्ध गराएको सेवा प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि बैंकले यस्तै प्रकृताका सेवाहरु विस्तार गर्दै जान सकोस भनि बैंक थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुखद्धय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सदभावना दुत आश्रा कुंवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख प्रज्वल भट्टराई, विरेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक वागमति प्रदेशका प्रदेश प्रमुख जगदिश्वर पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कृषि विकास बैंक शाखा कार्यालय कालिमाटीका प्रबन्धक बेदानन्द दाहालले कार्यक्रमको संचालन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।