डेढ महिनामा एक खर्ब कर्जा विस्तार हुँदा ७२ अर्ब निक्षेप घट्यो

0
Shares

चालु आर्थिक वर्ष सुरु भएयताको डेढ महिनाको अवधिमा बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । बैंकहरुले कर्जा विस्तारलाई जोड दिँदा बैंकहरुबाट निक्षेप भने घट्न थालेको पाइएको छ ।

पछिल्लो डेढ महिनाको अवधिमा बैंकहरुले एक खर्ब कर्जा विस्तार गरेका छन् । चालु आर्थिक वर्षको भदौ १८ गतेसम्ममा वाणिज्य बैंकहरुको ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले ९८ अर्ब कर्जा विस्तार गरेका हुन् ।

चालु आवको पहिलो महिना भदौ महिनाको दुई सातामा भने बैंकहरुको निक्षेपमा सामान्य सुधार देखिएको छ ।

भदौको पहिलो साता ८ अर्ब तथा दोस्रो साता ४ अर्ब मात्र निक्षेप थपिएको छ । जबकी भदौको पहिलो सातामा बैंकहरुले १९ अर्ब तथा दोस्रो साता २२ अर्ब कर्जा विस्तार गरेका छन् ।

भदौ १८ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब २९ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन् । गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए।

गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए । गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको थियो।

कोरोना कहरका कारण आर्थिक गतिविधि सहज नभएपनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेखीय रुपमा कर्जा विस्तार गरेका थिए। वर्षभरीमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका थिए।

गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको थियो भने ८ खर्ब १८ अर्बले कर्जा बढेको थियो। एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।