“नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको बिक्री खुल्यो

0
Shares

नबिल म्यूचुअल फण्ड अन्तर्गतको “नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको यही भाद्र २५ गते बाट बिक्री खुल्ला भएको छ।

नबिल बैंक कोष प्रबर्धक तथा नबिल इन्भेष्टमेंट बैंकिंग लिमिटेड योजना ब्यबस्थापक रहेको यो योजनामा छिटोमा भाद्र २९ गते र ढिलोमा असोज ८ गते सम्म आवेदन गर्न सकिनेछ ।

यस म्युचुअल फण्डले प्रति इकाइ १० रुपैयाँ अंकित दरका १० करोड़ इकाइ बिक्री गर्ने जनाएको छ । जसमध्य १४ प्रतिशत १ करोड़ ४० लाख इकाइ कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत अर्थात १० लाख इकाइ योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि.ले सुरक्षित राखी बाँकी ८ करोड़ ५० लाख इकाइ बिक्री तथा निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड़ इकाइ सम्मको लागि आबेदन दिन सक्नेछन। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। कम्पनीले माग अधिक आएमा एक अर्ब २५ करोड रुपैयाँसम्मको इकाइ बिक्री गर्न सक्ने छ।

अहिले कम्पनीले नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्ड सञ्चालन गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।