एमालेको अवरोधकै बीच बजेट सम्बन्धी तीनवटै अध्यादेश स्वीकृत

0
Shares

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट बजेटसम्बन्धी तीनवटै अध्यादेश स्वीकृत भएका छन् ।

एमाले सांसदहरुको अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेको ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत भएको हो।

यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाले प्रस्तुत गरेको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

अध्यादेशका बारेमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूँजी बजारमा गैरकानूनी ढङ्गबाट आफूखुशी मूल्य घटबढ गराउने कुरा सत्य नभएको स्पष्ट पार्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा भएको भनिएको अनियमितताको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।