नेपाल ल्यूव आयलको लाभांश पाउन असोज ४ गतेसम्म शेयरधनी कायम हुनुपर्ने

0
Shares

नेपाल ल्यूव आयल लिमिटेडले असोज १८ गते ३० औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने भएकोे छ ।

उक्त साधारण सभाले कम्पनी संचालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्नेछ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्दैछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।