अप्पर स्याङ्गे हाइड्रोले आईपीओ जारी गर्ने प्रस्ताव राखेर बोलायो ‘एजिएम’

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव राखेर पाचौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको असोज २४ गते बिहान ११ बजे केन्द्रीय कार्यालय चन्डोेल ४ काठमाडौंमा हुने साधारण सभाले आईपीओको छिनोफानो लगाउने भएको छ ।

उक्त साधारण सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।