निफ्राले ८.५% नगद लाभांश वितरण गर्ने

0
Shares

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८.५ प्रतिशत (कर सहति)ले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृति पश्चात तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।