पुर्वाधार बैंक पनि पुनरकर्जाका लागि योग्य, पुनरकर्जा कोषको आकार घट्यो


नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार घटाएको छ । बैंकले पुनरकर्जा कार्यविधि संशोधन गर्दै पुनरकर्जा कोषको आकार २ खर्ब १२ अर्ब रुपैयाँ बनाएको हो ।

राष्ट्र बैंकले यसअघि कायम भएको कुल स्रोत रकमको अधिकतम ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो । कार्यविधिलाई संशोधन गर्दै स्रोतको ४.१२ गुणासम्म मात्रै पुनरकर्जा दिने व्यवस्था गरेको हो ।

कार्यविधि संशोधन गर्दै केन्द्रीय बैंकले ब्रोडवेण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पु¥याउने गरी दुर्गम स्थानहरुमा सेवा पु¥याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनरकर्जालाइ विषेश पुनरकर्जाको रुपमा थप गरेको छ । विषेश पुनरकर्जाको व्याजदर ३ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले कार्यविधिमा पुर्वाधार विकास बैकलाई पनि योग्य बैंक वित्तीय संस्थाको सुचिकमा समावेश गरिएको छ । पुनरकर्जाको लागि आवेदन दिन योग्य इजाजतपत्रप्राप्त संस्थाः ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू तथा पूर्वाधार विकास बैंक पुनरकर्जाको लागि आवेदन पेश गर्न योग्य हुनेछन् । संशोधित कार्यविधि अनुसार विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेशन स्थापनाको लागि प्रवाह भएका कर्जाहरुलाई साधारण पुनरकर्जामा समावेश गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।