बैंक/वित्तीय संस्थाले कोरोना प्रभावितलाई दिएको कर्जाको विवरण समेत बार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने


बैंक तथा वित्तीय संस्थाले कोरोनाका कारण प्रभावित भएका उद्योगी व्यवसायीहरुलाई दिएको कर्जाको विवरण समेत बार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारसभा तथा लाभासं वितरण प्रयोजनका लागि तयार गरेको वित्तीय विवरणमा छुट्टै शिर्षकमा उल्लेख गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले कोरोनका प्रभावितका लागि दिएको पुनरकर्जा, व्यासाय निरन्तरता कर्जा तथा सहुलीयपुर्ण कर्जाको विवरण समेत समावेश गर्नु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि २०७७ लाई संशोधन गर्दै गत आर्थिक वर्ष २०७७/०७८ को लाभांश वितरण गर्नका लागि गत भदौ १५ गतेसम्म संकलन भएको ब्याज आम्दानीलाई पनि गणना गर्न पाउने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।