कामना सेवा विकास बैंकले घोषणा गर्यो आकर्षक लाभांश

0
Shares

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको बिहीबारको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १९.४७% लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले १८.५०% बोनस र कर प्रयोजनको लागि ०.९७% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले शेयर पाउनेछन् ।

बैंकले गत वर्ष यसले ४.४% बोनस र कर तिर्न ०.२३% नगद लाभांश वितरण गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।