माछापुच्छ्रे बैंकको बम्पर अफर, कार्डबाट भुक्तानी गर्दा २१ प्रतिशत क्यास व्याक


माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ ।

२०७८ असोज ८ देखी १७ गते सम्म सञ्चालन हुने अफरमा डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा भुक्तानी गर्दा क्यास व्याक पाउने छन् । कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैंयासम्म र अफर अवधि भर अधिकतम २ हजार १०० सम्मको क्यास ब्याक पाउने बैंकले जनाएको छ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् । अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङको माइक्रोेओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु, ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजार रुपैंया सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीवन साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिने बैंकले जनाएको छ । क्राटोस्ट टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट सामान खरिद गर्दा ४१० रुपैंयासम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने छन् ।

माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।