स्वाभिमान लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद प्रस्ताव गरेको हो।

स्वाभिमानले घोषणा गरेको उक्त लाभांश लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट हालसम्म प्रस्ताव गरिएको मध्ये उच्च हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र वितरण गरिनेछ ।

लघुवित्तले विगतका वर्षहरुमा समेत आकर्षक लाभांश वितरण गर्दै आइरहेको छ । अघिल्लो आव २०७६।७७ बाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत वितरण गरेको थियो । यस्तै आव २०७५।७६ बाट लघुवित्तले २४ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।