राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले सम्हाले कार्यभार


राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त भएका प्रकाश पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् । पौडेलले सोमबारदेखि विभागको महानिर्देशकको कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्रीको कार्यालयले पौडेललाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोमबार कार्यभार सम्हालेका पौडेलले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निभाउने बताए । विभागका कार्यसम्पादन अन्य निकायको भन्दा फरक प्रकृतिको हुने भएकाले सबै किसिमका विषयलाई केन्द्रमा राखेर नतिजाउन्मुख काम गर्ने पौडेलको भनाई छ ।

यस अघि पौडेल वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक थिए । पौडेलले प्रधानमन्त्री कार्यालयका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय लगायत विभिन्न निकायमा फरक फरक भूमिकामा काम गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।