सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्ममध्ये ६ फर्र्मलाई एक।एक वर्ष वर्षका लागि तथा एक फर्मलाई २ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।

मंगलबार सार्वजनिक सूचनामा मोहन विष्टको विपिन भेट सेन्टर (बाँके), सञ्जय कुमार खरबिन्दको कक्षपति निर्माण सेवा (रुपन्देही), गणेश बहादुर खुलाल मगरको ल्यान्ड्रिङ निर्माण सेवा (काठमाण्डौं), सुशिल पटिलको इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन (भारत), निलम मिश्रको रचना ट्रेड इन्टरनेसनल (काठमाडौं), नवराज नेपालको धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स (काठमाण्डौं) र आनन्द प्रसाद अधिकारी र योगेन्द्र प्रसाद कडेँलको कम्पनी एडभेन्चर दि आनन्द जेभी (चितवन) लाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक निकायहरुले लेखि पठाए बमोजिम कार्यालयको असोज १८ गते सोमबारको निर्णय बमोजिम माथिकामध्ये ६PM कम्पनीलाई एक।एक वर्षका लागि र गणेश बहादुर खुलाल मगरको ल्यान्ड्रिङ निर्माण सेवालाई दुई वर्षका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरु (फर्महरु) ले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायहरुको कुनैपनि खरिद कारबाहीमा भाग लिन बन्देज हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।