भुक्तानी गर्न बाँकी पोलको भाडा कात्तिक मसान्तभित्र स्व:घोषणा गर्न प्राधिकरणको आग्रह

0
Shares

नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल प्रयोग गरिरहेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक संस्थाहरुलाई पोल प्रयोगको स्थान, परिमाण र अवधि घोषणा गरी सम्झौता गर्न आग्रह गरेको छ ।

प्राधिकरणले कात्तिक मसान्तभित्र आफुले सेवा सञ्चालनका लागि पोल प्रयोग गरेको स्थान, प्रयोग परिणाम सहित सम्झौता गर्न तथा पोलको भाडा भुक्तानी गर्न बाँकी अवधिको स्व:घोषणा गर्न भनेको छ ।

टेलिफोन, इन्टरनेट, केबल टिभि सेवा संचालन गरिरहेका सेवा प्रदायकहरुको केही स्थानमा जडान भएको केबल प्राधिकरणले साङ्केतिक रुपमा छुटाएपछि असहज परिस्थीति सिर्जना भएको थियो ।

सो परिस्थितिको समाधानका लागि उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालको अध्यक्षतामा असोज १७ गते उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका प्रतिनिधिहरु छलफल भएको हो ।

उक्त छलफलमा समस्याको समाधानका लागि सेवा प्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी २०७८ कात्र्तिक मसान्तभित्र सम्झौता गर्न अनुरोध तथा सोका लागि सूचना तथा प्रसारण विभाग र नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण गर्न आग्रह गरिएको थियो ।

साथै अवरुद्ध सेवा पुन तत्काल सञ्चालन गर्ने तथा समस्या समधानका लागि तत्कालीन र दिर्घकालीन उपायहरु सिफारिस गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको थियो।

तोकिएको समय भित्र उल्लेखित विवरण सहितसम्झौताका लागि नआउने सेवा प्रदायकहरुमा प्राधिकरणको वितरण संरचनाका आधारमा विद्युत प्राधिकरण स्वयमंले भाडा रकम निर्धारण गरी असुली कार्य अगाडी बढाउने प्राधिकरणले बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।