साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड

0
Shares

बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना

बागमती प्रदेशमा ‘बागमती प्रदेश उद्योग परिसंघ’ स्थापना भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरे ।

प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए। उहाँले औद्योगिक विकास विना अर्थतन्त्रको दीगो विकास असंभव रहेको बताए।

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै उनले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरे। परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशले पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे।

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने उल्लेख गरे। बागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले प्रदेश कार्यालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउनेछ। यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्नेछ।

सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन

बागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट छन।
प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र

दुर्गाप्रसाद भण्डारी सदस्य छन। यसैगरी डा। प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य भएका छन।

साधारणसभामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले औद्योगिक क्षेत्र विकासको काम अघि बढाउने उल्लेख गरिन। उनले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानमा प्रदेश सरकारको साथ रहने जानकारी पनि गराइन। मुख्यमन्त्री शाक्यले लघु, घरेलु तथा सना उद्योगको विकासमा प्रदेश सरकारले काम गर्ने पनि बताए।

साधारणसभामा परिसंघका अध्यक्ष अग्रवालले अहिलेको अवस्थामा बढ्दो ब्याजदर उद्योगीका लागि चुनौतिको विषय भएको उल्लेख गरृ। उनले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्न पनि प्रदेश सरकारलाई आग्रह गरे।

साधारणसभामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डेसहितका बागमती प्रदेश सरकारका मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू एवं उद्योगी व्यवसायीको उपस्थिति थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।