ग्लोबल आइएमई बैंकको लाभांश प्रस्ताव, अघिल्लो आवभन्दा घट्यो

ग्लोबल आइएमई बैंकको लाभांश प्रस्ताव, अघिल्लो आवभन्दा घट्यो

वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिका सोमबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश रहेको छ ।

अघिल्लो आवमा बैंकले १४ प्रतिशत बोनस र कर प्रयोजन सहित २ प्रतिशतका दरले नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले २.५० प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ रहेको छ ।बैंकले यहि पूँजीबाट लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख नाघ्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ असोज २०७८, सोमबार १० : २४ बजे