राष्ट्र बैंकको निर्देशनपछि निफ्राको लाभांश परिमार्जन, अब बोनस बाँड्ने

0
Shares

नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) को लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनपछि परिमार्जन भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा अब भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने भएको छ । असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले यसअघि नै बैंकहरुले वितरण गर्ने लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो । केन्द्रीय बैंकको व्यवस्था अनुरुपको लाभांश नभएपछि संसोघन गर्न निर्देशन दिएपछि बैंक सञ्चालक समितिले लाभांश परिमार्जन गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ६० करोड बोनस वितरणपछिबैंकको चुक्ता पूँजी २१ ऋर्ब ६० करोड पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।