सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल

0
Shares

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड (SAPDBL) को अध्यक्षमा डा. अर्जुन कुमार बराल नियुक्त भएका छन् ।

बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि नियुक्त गरेको हो ।

यस अघिका अध्यक्ष तारानाथ निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गर्दै बराललाई अध्यक्षमा चयन गरिएको बैंकको प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।