बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेकी उनलाई १ उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।