कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड, बैंकबाट निक्षेप बाहिरियो

0
Shares

कृषि विकास बैंक लिमिटेड (ADBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेपछि पूँजी स्थीर हुँदा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ०.८७ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४.७० रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १३.८३ रुपैयाँ रहेको थियो ।

आइतबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ५३ अर्ब २२ करोड ०५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ६५ अर्ब ०५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ७३ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ६२ करोड ४८ लाख ०६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र शेयरधनी कोषमा ३ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ०.६० प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा शेयरधनी कोष ०.२७, जगेडा कोष २.१९, कर्जा लगानी ७.९८ प्रतिशतले बढ्दा निक्षेप संकलन ५.८१ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बैंकको निक्षेप ९ अर्ब ४५ करोड ६६ लाख ९४ हजार रुपैयाँले घटेको हो । यस्तै खुद ब्याज आम्दानी २७.३०, सञ्चालन नाफा २.१२ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २.०८, कोषको लागत ४.९६, आधार ब्याजदर ७.१२, स्पेडदर ४.३६, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.९९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २४०.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.५५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।