सर्वाधिक नाफा कमाउँदा पनि एनआईसी एशियाको ईपिएसमा गिरावट

0
Shares

एनआईसी एशिया बैंक (NICA)  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा दरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत धेरै हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत तथा सञ्चालन मुनाफा १४.९३ प्रतिशतले बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी पनि १४.२२ प्रतिशतले बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । बैंकको जगेडा कोष ११.३१ प्रतिशतले बढेर १० अर्ब ३९ करोढ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ भने कर्जा ६.२६ प्रतिशत बढेको छ। बैंकले २ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ६४ अर्ब कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशत, कस्ट अफ फण्ड ५.७५ प्रतिशत, सीडी रेसियो ८५.३२ प्रतिशत, बेस रेट ७.४८ प्रतिशत तथा स्प्रेड रेट ४.०८ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।