सानिमा बैंकको खुद नाफा ५० प्रतिशत धेरै बढ्यो

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३७ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ६.८२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.४६ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १६.६४ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ९.३८ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । बैंकको शेयरधनी कोषमा कुल १ अर्ब ९६ करोड ४२ लाख ७३ हजार रुपैयाँ सञ्चित छ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब ५९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब २७ अर्ब ८६ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब १६ करोड ६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ७८ करोड ६२ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख र शेयरधनी कोषमा १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ८.०६, शेयरधनी कोष १३.०७, निक्षेप संकलन ९.४८, कर्जा लगानी ७.३९, खुद ब्याज आम्दानी १८.८४ र सञ्चालन नाफा ४७.४५ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.११ प्पतिशत, कोषको लागत ५.८४, आधार ब्याजदर ७.४५, स्पेडदर २.६९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५९.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।