शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

अघिल्लो आव २०७६/७७ बाट बैंकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकको लाभांश घटेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।