‘प्रोफिट बुकिङ्ग’ले नेप्से सूचकमा दबाब परेपनि कारोबारले जगायो उत्साह

0
Shares

लगातार ६ करोबार दिन बढेको शेयर बजारमा सातौ कारोबार दिनमा सामान्य करेक्सन आएको छ ।

छोटो अवधिमा नाफा कमाएका अल्पकालिन लगानीकर्ताहरु नाफा बुकिङ्गमा लाग्दा सूचकमा दबाब परेपनि लाभांशका लागि लगानी गर्नेहरु सक्रिय हुँदा कारोबारमा सुधार आएको हो ।

सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ अंकमा झरेको छ । २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७७ रुपैयाँमा कारोबार भएको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबारको बजारमा महालक्ष्मी विकास बैंक र आरएमडिसी लघुवित्तको सबैभन्दा धेरै ३६ करोड बराबरको कारोबार भयो । सोमबारको बजारमा ५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको घटेको छ । साथै ७ वटा कम्पनीको मूल्य स्थिर छ ।

सोमबारको कारोबारमा मानुसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साहज उर्जा, पाँचथर पावर कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स र सिभिल बैंकको शेयर मूल्य बढेकोे छ ।

कामना सेवा विकास बैंक, हिमालयन पावर पार्टनर, ग्रीन लाइफ हाइड्रो, रिडी हाइड्रो र घलेम्दी हाइड्रो लगायतको शेयरमूल्य धेरै घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।