स्ट्याण्डर्ड चार्टड बैंकले तीन महिनामा कमायो ४८ करोड खुद नाफा, २०% बढ्यो

0
Shares

स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड (SCB) ले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४८ करोड १८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि २.४४ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.४८ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस २०.०४ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३३ करोड ४१ लाख ३१ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १५.५९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले ८५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन तथा ६८ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ८७ करोड १३ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ६८ करोड ८७ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९१ करोड ३० लाख र शेयरधनी कोषमा २ अर्ब २५ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ०.६८, शेयरधनी कोष २७.१२, कर्जा लगानी १०.५६, खुद ब्याज आम्दानी ४४.८३ र सञ्चालन नाफा १८.६८ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन भने निक्षेप संकलन २.४१ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.६७ प्रतिशत, कोषको लागत ३.१५, आधार ब्याजदर ५.१८, स्पेडदर ४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.०६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १९५.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.७१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।