मेगाा बैंकको नाफा ५० प्रतिशतले बढ्यो, इपिएस २५ रुपैयाँ पुग्यो

0
Shares

मेगा बैंक लिमिटेड (MEGA) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ६.४७ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.९७ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १८.५० रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १३.६० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ३२ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ४१ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ६८ करोड ६२ लाख र शेयरधनी कोषमा २ अर्ब ६० करोड ४ लाख रुपैयाँ र शेयर प्रिमियममा ३० करोड ६३ लाख ७१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ०.३३, शेयरधनी कोष ५४.७८, निक्षेप संकलन ३.९७, कर्जा लगानी ३.२७, खुद ब्याज आम्दानी १३.९६ र सञ्चालन नाफा ४७.९६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.८९, कोषको लागत ४.९६, आधार ब्याजदर ९.८१, स्पेडदर ३.४८, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९१.२१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.६० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।