एमसीसीमा राष्ट्रवाद खोज्दा बैदेशिक अनुदान रोकियो: शेखर गोल्छा

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले दिने भनेको अनुदानमा राष्ट्रवाद देखाँउदा दाताहरु नै हतोत्साहित भएको बताएका छन् । उनले स–साना कुरामा राष्ट्रवाद खोज्दा लगानीकर्ताहरु समेत निरास हुने तर्क गरेका हुन ।

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको विषयमा बोल्दै गोल्छाले सरकारी ढुकुटीमा चालु आर्थिक वर्ष सुरु भएदेखि कुनै पनि सहयोग नआएको बताए । “हामीले साना साना कुराहरुमा राष्ट्रवाद खोज्छौ,” उनले भने,“समृद्धिमा राष्ट्रवाद खोज्दैनौ ।” एमसीसीले अनुदान दिने भनेको करिब ६० अर्ब रुपैयाँ राष्ट्रवादको विवादमा परेर हालसम्ममा पनि अन्योल रहेको उनको भनाई छ ।

अहिले अर्थतन्त्र ओभर हिट भएको उनले बताए । बैंकिङ प्रणालीको पैसा सरकारी टे«जरीमा गएर अड्केको हुनाले पनि तरलता अभाव भएको उनको तर्क छ । पछिल्लो अर्थतन्त्रको अवस्थाले चालु आर्थिक वर्षका लागि अनुमान गरिएको ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव नभएको समेत उनको बुझाई छ ।

कोरोना महामारीपछि शेयर बजारसँग जोडिनेको संख्या करिब ४७ लाख पुगेको छ । पछिल्लो समयमा बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले शेयर बजारलाई पनि असर गर्ने बताउँदै उनले भने,“वित्तीय प्रणालीमा तरलता बढाउनका लागि राष्ट्र बैंकले पुनरकर्जा बढाउन प्रयो ।”

बैंकिङ प्रणालीमा तरलता अभाव हुनुको कारण भनेको रेमिट्यान्स आप्रबाहमा कमी, सरकारी खर्च नहुनु र सरकारी टे«जरीमा उच्च लगानी मूख्य कारण हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कमी आउनुको कारण खोज्नु पर्ने उनको सुझाब छ ।

त्यसैगरी निर्यात बढाउनका लागि आवश्यक सहजीकरण गर्नुपर्ने समेत उनले सुझाएका छन् । त्यसैगरी पर्यटकको संख्या बढाउने तथा आन्तरिक रोजगार सृजनामा ध्यान दिनुपर्ने देखिन्छ । त्यसका साथै बैदेशिक रोजगारलाई पनि व्यवस्थित गर्नु आवश्यक रहेको उनले औल्याएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।