धितोपत्र दलाल कम्पनीहरुले आइएमई ग्रुपको वाइको सोलुसनसँग काम नगर्ने

0
Shares

धितोपत्र दलाल कम्पनीले आइएमई समुहको लगानी रहेको वाइको सोलुसन मार्फत काम नगर्ने भएका छन् । वाइको प्रालिले गर्दै आएको शेयर कारोबार व्यवस्थापन प्रणाली(टीएमएस)को काम विना जानकारी आइएमई समुहको बहुमत शेयर रहेको वाइको सोलुसन मार्फत गरेपछि ब्रोकरहरुले पुर्ववत रुपमा नै काम गर्ने अनौपचारिक सहमती गरेका हुन ।

स्टक ब्रोकर एसोशिएसन अफ नेपालले सोमबार सबै सदस्य दलाललाई निर्देशन जारी गर्दै वाइको सोलुसन मार्फत काम नगर्न अनौपचारिक निर्देशन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन कारोबार प्रणालीको सम्पुर्ण काम वाइको प्राली मार्फत नै हुने भएकाले धितोपत्र दलाल कम्पनीको टीएमएसको काम पनि वाइको सोलुसन नभई उसैसंग गर्ने औपचारिक सहमती गरेको एक धितोपत्र दलालले जानकारी दिए ।

“वाइको प्रालीबाट गरिरहेको काम बीचमा थाहा नै नभई वाइको सोलुसनले गर्न थालेको रहेछ,” ती धितोपत्र दलालले भने,“ सो थाहाँ पाएपछि वाइको प्रालीबाट नै सेवा लिने सहमती भएको हो ।” यस सन्दर्भमा एसोशिएसनले वाइको प्रालिसँग छलफल गरीरहेको छ । वाइको प्रालिले पनि आफुहरुसँग छलफल गर्ने जनाएको ती दलालको भनाई छ । हाल बढेको शुल्क समेत नतिर्ने र वाइको सोलुसनबाट आएको सेवा शुल्कको बील समेत फिर्ता गरेर वाइको प्रालीमार्फत हुनुपर्नेमा दलालहरु एक भएका हुन । त्यसका साथै धितोपत्र दलाल कम्पनीहरुले वाइको सोलुसनले छलफल पनि नगरी आफ्नो तर्फबाट शुुल्क तोकेको हुनाले उक्त भूक्तानी नगर्ने सहमती भएको ती दलालको भनाई छ । त्यती मात्र नभई वाइको सोलुसनले धितोपत्र दलाललाई दिएको सेवा शुल्क समेत करिब ५ गुणा सम्मले बढाएको थियो ।

यस सन्दर्भमा नेप्से पनि छलफल भैरहेको बताउँदै ती धितोपत्र दलालले भने,“नेप्सेले डेटा वेस जहाँ राखेपनि भयो, एप्लीकेसनको सन्दर्भमा ग्रे एरियामा किन छिर्ने त्यसैले वाइको प्रालिमार्फत नै गरिरहेको कामलाई निरन्तरता दिन सुझाएको पछि सोही अनुसार गर्ने भएका हौ ।”

धितोपत्रको दोस्रो बजारको ठुलो खेलाडीको रुपमा रहेको आइएमई समुहले वाइको प्रालिसँग मिलेर वाइको सोलुसन प्रालि स्थापना गरेको थियो । नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिले नै मर्मत तथा सम्भारको काम गर्दै आएको थियो । केही समय अघि आइएमई समुहको बहुमत शेयर हिस्सा रहने गरी वाइको प्रालिले वाइको सोलुसन स्थापना गरेर ब्रोकरले प्रयोग गर्दै आएको कारोबार सेटलमेन्ट प्रणालीको सेवा नै प्रदान गर्न थालेको जानकारी आएपछि धितोपत्र बोर्डले पनि चासो देखाएको थियो ।

वाइको प्रालिले टीएमएसको काम वाइको सोलुसनमा सारेको सम्बन्धमा नेप्से तथा धितोपत्र दलाल कम्पनी कसैलाई पनि औपचारिक जानकारी समेत थिएन । ब्रोकरको टीएमएसको काम वाइको सोलुसनले गर्न थालेपछि धितोपत्र बजारका संवेदनशील तथ्याङकहरु समेत बाहिर आउन थालेका थिए । यस सन्दर्भमा धितोपत्र बोर्डले समेत नेप्सेसँग स्पष्टिकरण मागेको थियो । तर, नेप्सेले भने आफुहरुले वाइको सोलुसनलाई नचिन्ने भन्दै अपुर्ण जानकारी सहित पत्राचार गरेको छ।

धितोपत्र दलाल कम्पनीहरुले आइएमई ग्रुपको वाइको सोलुसनसँग काम नगर्ने

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।