ब्लिङ्क भेञ्चर्सले महिलाहरुमा व्यवसायिक नेतृत्व विकास गर्न सम्मेलन गर्दै


सामाजिक उद्यमशीलताका क्षेत्रमा काम गर्दै आएको ब्लिङ्क भेञ्चर्सले महिलाहरुको उद्यमशीलता र व्यवसायिकता विकासका लागि सम्मेलन गर्ने भएको छ । यही नोभेम्बर २१ र २१ तारिखमा आयोजना हुने महिला नेतृत्व सम्मेलनमा सहभागि हुनका लागि भेञ्चर्सले महिलाहरुलाई आह्वान गरेको छ ।

करिअर स्तरहरूमा महिला नेतृत्वको समान प्रतिनिधित्वलाई प्रवद्र्धन गर्न व्यवहारिक उपकरणहरू उपलब्ध गराउने लक्ष्यका साथ भेञ्चर्सले महिला नेतृत्व सम्मेलन आयोजना गर्न लागेको हो । विभिन्न पेशमा आबद्ध महिलाहरुलाई लक्षित गर्दै डिजाइन गरिएको सम्मेलनले उच्चतम क्षमता हासिल गर्न र कम्पनीहरूले आफ्नो कम्पनीमा महिला कर्मचारीहरूको क्षमता विकासमा महत्वपुर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

सम्मेलनको पहिलो खण्डमा दुई प्रख्यात व्यक्तित्वहरूद्वारा अनुभव आदानप्रदान हुनेछ । लिङ्ग पूर्वाग्रह र कार्य (जीवन सन्तुलन) मिथक वा वास्तविकता भन्ने विषयमा केन्द्रित कार्यपत्रसँगै प्रेरणादायी र सफल महिलाहरूको रोमाञ्चक समूह प्रस्तुत गर्ने प्यानल छलफल हुने आयोजकले जनाएको छ ।

भारत, नेपाल र अमेरिकाबाट क्युरेट गरिएका प्यानललिस्टले जेन्डर लेन्स इन्भेष्टिङ अन्तरगत कम्पनीको मुनाफामा असमान श्रमशक्तिको नकारात्मक असर भन्ने विषयमा छलफल गर्नेछन् । व्यवसायिक नेतृत्वमा रहेकाहरु र उद्यमीहरूका लागि कार्यस्थलमा लैङ्गिक पक्षपाती नीतिहरू पहिचान गर्न र सुधार गर्न विशेष रूपमा क्युरेट गरिएको मास्टर क्लास पनि आयोजना हुनेछ ।

सम्मेलनका सहभागीहरूले व्यक्तिगत ब्रान्डिङ, वार्तालाप कौशल, लगानी अभिवृद्धि, अनबोर्डिङ सहयोगीहरू र नेटवर्किङ सम्बन्धी प्रशिक्षण कार्यशालाहरूमा पनि सम्मेलनका सहभागिले पहुँच पाउनेछन् ।
सम्मेलनमा सहभागि हुने महिलाहरुका लागि तीन महिना अवधिको लागि निर्धारित र अनुगमन गरिएको मार्गदर्शन सत्रहरूमा पहुँच हुने भेञ्चर्सले जनाएको छ ।

सम्मेलनको उद्देश्य विभिन्न उद्योगका ५०० महिला नेतृत्व, उद्यमी र प्रमुख कार्यकारी अधिकृतहरूलाई एउटै प्लेटफर्ममा एकै ठाउँमा ल्याउने र सम्मेलनपूर्व र पछिका गतिविधिहरू मार्फत १०० जना मेन्टर तथा मेन्टी जोडीहरूको साथमा ल्याउने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागि हुन चाहनेहरुले दर्ता गर्नु पर्नेछ ।

कबाडी डटकम, डिसहोम फाइबरनेट र आकाश एसएमएससँगको सहकार्यमा सम्मेलन आयोजना हुन लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।