सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) को सञ्चालक समितिको अध्यक्षमा हाइड्रोविज्ञ तुकप्रसाद पौडेल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो पद तथा ओहोदाको सपथ ग्रहण गरेका छन् ।

पौडेल यसअघि पनि बैंकको संस्थापक समूहका तर्फबाट बैंकमा विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रही कार्य गरिसकेका छन् । नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेसाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् ।

विगत २४ वर्षको पेसागत अनुभव सँगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।