डिशहोमले छान्यो स्पेन घुम्ने दुई विजेता


डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता बनेका हुन् ।

२०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरुलाई यो योजनामा सहभागि गराइएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेल स्टेडियममै प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।