ब्याजदर बढ्ने त्रासले शेयर बजारमा पहिरो

0
Shares

मंगलबारको शेयर बजार उच्च अंकले ओरालो लागेको छ । बजार खुलेको साढे एक घण्टामै नेप्से परिसूचक ६१ अंकले घटेको छ ।

मंगलबार दिँउसो १२ः३६ बजेसम्म नेप्से सूचक ६१.४६ अंकले घटेर २७६८.१९ अंकमा झरेको छ । बैंकहरुले मंसिरदेखि लागू हुनेगरी फेरि मुद्दती निक्षेपमा ब्याजदर बढाउने तयारी गरेपछि यसको प्रभाव बजारमा देखिएको हो ।

अहिले बैंकहरुले अधिकतम ९.३६ प्रतिशत ब्याज प्रदान गरिरहेका छन । राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार बैंकहरुले मासिक १० प्रतिशतका दरले ब्याजदर बढाउन पाउनेछन । अहिलेकै अवस्थामा बैंकहरुले ब्याजदर बढाएमा मंसिरमा मुद्दती निक्षेपको ब्याजदर १०.२९ प्रतिशत कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।