वोमी लघुवित्तले घोषणा गर्यो ८ करोड २४ लाख बराबरको बोनस

0
Shares

वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्त संचालक समितिको कात्तिक २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। जस अनुसार लघुवित्तले ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार २८० रुपैयाँ पुग्नेछ।

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु भइसकेकाले बोनसमा कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।