सुपर मादी हाईड्रोले साढे ३१ लाख कित्ता आईपीओ निष्काशन गर्ने

0
Shares

सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडि बढाएको छ । जसका लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता कार्तिक २८ गते आइतबार सम्पन्न भयो । सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ ।

आयोगको स्वीकृति पश्चात तुरुन्तै नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतिको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।