कुमारी बैंकले शेयरधनीलाई वितरण गर्यो नगद लाभांश

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले गत कात्तिक १६ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित गरेको २.६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

बैंकले सूचना जारी गर्दै सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको जनाएको हो ।

बैंकको २१ औं वार्षिक साधारण सभाबाट ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश र गरी कुल ८.६७ प्रतिशत लाभांश अनुमोदन भएको थियो । बैंकको बोनस शेयर भने सिडिएस र नेप्सेमा सूचीकरण भएपछि मात्रै वितरण हुनेछ ।

बैंकले हालसम्म पनि अभौतिकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकरण गर्न आग्रह गरेको छ ।

शेयरको प्रमाणपत्र अभौतिकिकरण गरीसक्नु भएका शेयरधनीहरुले यथासिघ्र आफुले हितग्राही खाता खोलेकोसम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरीङ्ग हाउसको आइपिएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन अनुरोधगरेको छ ।

यसैगरी हाल सम्म पनि हितग्राहीखाता खोल्न बाँकी शेयरधनी महानुभावहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौ वा आफुलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्यकोमा हितग्राहीखाता खोली आफ्नो शेयरहरु अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।

शेयर भौतिक रुपमा नै राख्न चाहाने शेयरधनीहरुले आफ्नो नाम थर, तिन पुस्ते विवरण र बैंक खाताको विवरण सहितको निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा प्रदान गर्न सक्ने जनाइएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियमन अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीलेनै व्यहोर्नुपर्ने बैंकले जनाएको छ । बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुलाई सिडिएससीबाट हरेक हप्ता प्राप्त हुने अद्यावधिक विवरणको आधारमा क्रमानुसार बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाईने बैंकले जनाएको छ ।

बैंकको शेयर कार्तिक ८ गते सम्म धितो बन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र नगद लाभांश बैंक खातामा जम्मा गरीने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।